काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकाको भिसाका लागि आर्थिक लेनदेन नगरेको दाबी गरेको छ ।

उपसभामुख रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा औपचारिक धारणा सार्वजनिक गरी रास्वपाले भिसाका लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्ति अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नेदेखिएको र आर्थिक लेनदेन भएको भन्ने प्रमाणित हुन नसकेको बताएको छ ।

पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख रानामगर विवादमा तानिएकी हुन् । एक वर्षअघि ‘कमिसन अन द स्टाटस अफ वुमन’ को ६७औँ सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै चार पुरुष र एक महिलालाई समेत लग्नेगरी दूतावासमा पत्र पठाएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय