काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधि सभामा सांसदको प्रश्नको जवाफ दिनुहुने छ ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर व्यवस्था गरिएको छ । नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने छ । संसदमा समूहका सदस्यले मात्र प्रश्न गर्न पाउँछन् ।
संसदमा प्रधानमन्त्रीको यो पहिलो प्रश्नोत्तर हो । बैठक दिउँसो १ बजे बस्ने छ ।