
काठमाडौं । चितवनको फिस्लिङमा पहिरो जाँदा काठमाडौं– मुग्लिन सडक अवरुद्ध हुन पुगेको छ ।
बिहान ५ बजेतिर लेदो माटोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको हो ।



इलाका प्रहरी कार्यालय मुग्लिनले पहिरो पन्छाउने काम भइरहेको जनाए पनि यातायात संचालन हुन अझै दुई घण्टा लाग्न सक्ने अनुमान गरेको छ ।