
काठमाडौं । साउन महिनाको पहिलो सोमबार । साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ ।
नेपाल तथा भारतका शिवालयमा श्रद्धालुको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको दत्तात्रेय, काभ्रेको धनेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वरलगायत शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।



शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ ।