काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना चिनिया जनमुक्ति सेना र चिनिया जनमुक्ति सेनाबीचको सम्बन्ध अत्यन्त राम्रो रहेको बताउनु भएको छ ।

चिनिया जनमुक्ति सेनाको ९७औँ स्थापना दिवसका अवसरमा चिनिया दूतावासले आयोजना गरेको स्वागत समारोहमा प्रधानसेनापति शर्माले दुई सेनाबीच अझ गुणात्मक रूपमा मजबुत हुँदै गएको बताउनु भयो ।

उहाँले चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील रहेको भन्दै एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले चीन र नेपालबीचको सम्बन्ध हिमालझैँ अटल रहेको उल्लेख गर्नुभयो । उहाँले चीनले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय