काठमाडौं । बंगलादेशबाट १७ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । बंगलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका हुन् । आरक्षणको विरोधमा आन्दोलन चर्कंदै गएपछि त्यहाँ अध्ययनरत विद्यार्थीका परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वदेश फर्काइदिन आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको बताएको छ । बंगलादेशमा सरकारी सेवा प्रवेशमा स्वतन्त्रताका लागि लडेका सन्तानका लागि छुट्याइएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् ।
करिब तीन हजार नेपाली विद्यार्थी बंगलादेशमा रहेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।