काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीति अन्यौलमा परेको छ । राष्ट्र बैंकले सबै तयारी सकाएर साउन ४ गते शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तय गरेको थियो । तर प्रधानमन्त्रीका विकास सल्लाहकार एवम् पूर्वगभर्नर युवराज खतिवडाले इन्ट्रीले रोकिन पुग्यो । राष्ट्र बैंकको स्वायतताबारे भाषण गरेर कहिल्यै नथाक्ने खतिवडाले अहिले भने पदको दुरुपयोग गर्दै प्रचलित ऐनलाई समेत लत्याएर केन्द्रीय बैंकको काम कारबाही नै प्रभावित पारिदिनुभएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति सार्वजनिक गर्न आवश्यक तयारी पूरा गरिसकेको छ । राष्ट्र बैंकको व्यवस्थापन समितिबाट पारित गरेर गभर्नर महाप्रसाद अधिकारीले गत बिहीबार नै उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेललाई नीतिबारे ब्रिफिङ गर्नुभएको थियो । लगत्तै शुक्रबार नै सार्वजनिक गर्ने योजना अनुसार उक्त दिन बिहान संचालक समिति बैठक बोलाइएको थियो । तर त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीको विकास तथा आर्थिक सल्लाहकारमा नियुक्त पूर्वगर्भनर एवम् अर्थमन्त्री युवराज खतिवडाले मौद्रिक नीति हेर्न खोजेपछि सार्वजनिक गर्ने तयारीबाट राष्ट्र बैंक ब्याक भयो । यसको प्रमुख कारण थियो, व्यवसायीले अर्थमन्त्री पौडेल र प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार खतिवडासँग मौद्रिक नीतिमा परिमार्जनको प्रस्ताव गरेका थिए । अब मौद्रिक नीति सार्वजनिक गर्न राष्ट्र बैंकका गभर्नर अधिकारी खतिवडाको ग्रीन सिंग्नल पर्खिर बस्नु भएको छ । यसलाई पूर्वगभर्नरले नै प्रचलित ऐनविरुद्ध गएर स्वायत्त निकायमाथि हस्तक्षेप गरेको आरोप छ ।

राष्ट्र बैंक ऐन, २०५८ ले देशको केन्द्रीय बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंक स्वायत्त निकाय रहने व्यवस्था गरेको छ । तर स्वयंम प्रधानमन्त्रीका सल्लाहकार खतिवडाकै सिधा हस्तक्षेपले कामकारबाही नै प्रभावित बन्न पुगेको छ। राष्ट्र बैंक स्रोतका अनुसार अब अर्को साता मात्रै मौद्रिक नीति आउने सम्भावना छ । राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले सरकारले वित्त नीतिले लिएका लक्ष्यहरुलाई हाँसिल गर्न सहयोगी हुनुपर्छ । त्यस अनुसार अर्थमन्त्रालयले राष्ट्र बैंकलाई सल्लाह दिन पाउछ । त्यसैका लागि संचालक समितिमा मन्त्रालयको तर्फबाट अर्थसचिव रहने व्यवस्था छ । तर राष्ट्र बैंकको कामकारबाहीबारे हस्तक्षेप भने गर्न पाउँदैन । तर अहिले राष्ट्र बैंकभन्दा बाहिरका व्यक्ति अर्थात प्रधानमन्त्रीका सल्लाहकारले मौद्रिक नीति ल्याउन रोकेपछि अब कस्तो नीति आउने हो भन्ने आशंका थपिएको छ ।

उद्योगी, व्यवसायी र शेयर बजारका लगानीकर्ताहरुले अर्थतन्त्र कमजोर रहेको भन्दै मौद्रिक नीतिबाट निकै ठुलो अपेक्षा गरेका थिए । सोही अनुसार गभर्नर अधिकारीलाई सुझाव दिएका थिए । तर उक्त सुझाव अनुसार लिइएको नीति माथि पदको दुरुपयोग गर्दै अध्ययन गरिरहेका खतिवडाले कैची चलाउने त होइन भन्ने आशंका बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय