काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालिन महामन्त्री मुकुल ढकालले अमेरिकी भिसा प्रकरणमा उपसभामुख इन्दिरा रानामगरले ९ लाख रुपैयाँ बुझेको दाबी गर्नुभएको छ ।

ढकालले आफ्नो सामाजिक संजालमा अमेरिकी दूतावासलाई पत्र लेखेर भिसाको अन्तवार्ता समय मिलाइदिन आग्रह गरेको र अमेरिका लैजाने भन्दै ती व्यक्तिसँग आर्थिक लेनदेन गरेको खुलाशा गर्नुभएको हो । ढकालले गत वैशाख ४ गते पार्टीका संगठन विभाग प्रमुख शंकर श्रेष्ठले आफूलाई रानाले लेखेको सो पत्र ‘फरवार्ड’ गरेको र पत्र पाएपछि आफूले पार्टीका जिम्मेवार नेताहरूलाई जानकारी गराएको समेत उल्लेख गर्नुभएको छ । उहाँले यो विषयमा उपसभामुख रानासँग जानकारी लिन खोज्दा थाहा छैन भन्ने जवाफ दिएको बताउनु भयो ।

ढकालले ९ लाख फिर्ता भएको बैंक स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ रहेकोले उपसभामुख रानामाथि छानबिनको मागसमेत गर्नुभएको छ । रानामगरले सिफारिस गरेका पाँच व्यक्ति सरोकारवाला नभएको भन्दै रानामाथि पदको दुरुपयोग गरेको आरोप लागेको छ ।

हेर्नुहोस् मुकुल ढकालको फेसबुक स्ट्याटस

https://www.facebook.com/dhakalmukul/posts/10212013362204636?ref=embed_post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय