
बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी राजमार्गमा खसेको पहिरोलाई रोकथाम गर्न त्रिपाल विच्छ्याईएको छ । निरन्तरको वर्षाकाकारण सदरमुकाम मार्तडी नजिकै राजमार्गमा पहिरो खसेपछि जिल्ला प्रशासन कार्यालय बाजुराले पहिरो गएको ठाउँमा थपपहिरो नजाओस भन्ने उद्देश्यले त्रिपाल विच्छ्यार्ईएको हो ।
एक साता अघि वर्षाकाकारण सडक अवरुद्ध हुने गरि पहिरो खसेको थियो । मुख्य राजमार्ग सडक नै अवरुद्ध हुने गरी गएको पहिरोलाई रोक्नका लागि त्रिपालले पहिरोलाई ढाकिएको बाजुराका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलेले जानकारी दिनुभयो । वर्षातको समय सुरु हुने वित्तिकै सदरमुकाम मार्तडीसम्मको साँफे मार्तडी राजमार्ग करिव ३ महिना अवरुद्ध हुने गरेको छ । साँफे मार्तडी राजमार्ग अन्तरगत ताँप्राबल्दे, दवारीलगायतका ठाउँमा पहिरो जाने गरेको छ ।



निरन्तरको वर्षाकै कारण जिल्लाको ग्रामिण सडकहरु पूर्ण रुपमा अवरुद्ध बनेका छन् । सदरमुकाम मार्तडी देखि जिल्लाका ९ वटै स्थानीयतहसँग जोडिने सडकहरु ३ सातादेखि अवरुद्ध बनेका छन् । निरन्तरको वर्षाकाकारण अवरुद्ध ग्रामिण सडकहरु संचालन गर्न कठिनाई भएको छ । वर्षाकै कारण सडकहरु अवरुद्ध भएपछि सदरमुकाम मार्तडी आउने र जाने स्थानीय यात्रुहरुलाई समस्या भएको छ ।