देश यतिबेला सहकारीको चंगुलमा रुमलिएको छ । कुनै सहकारीले टन्नै पैसा असुलेर भागेका छन् भने कति सहकारीका संचालक पक्राउ परेर जेलको हावा खाइरहेका छन् । तर यो सिलसिला भने सकिएको छैन ।

जनताले सहकारीबाट पाउनुसम्म पीडा पाइरहेका छन् । बिराटनगरको रंगेली रोडमा रहेको सहकारी राज श्री सेभेङ एण्ड क्रेडिट को अपरेटिभ सोसाइटी लिमिटेड सेवा कार्यालयले ऋणीलाई फसाउनसम्म फसाएका छन् । यतिसम्म कि एक ब्यक्तिको जग्गा धितो राखेर अर्कै ब्यक्तिलाई लगानी गरेको छ ।

२०७५ सालमा सुनसरी दुहवी नगरपालिका ९ का छाताबेली कि दुखनी खातुनको चेकमा औठा छाप गर्न लगाएर सहकारीकै मिलेमतोमा अर्कैको नाममा पैसा जारी गरेको राजश्री सहकारीको कर्तुत यतिबेला बाहिरिएको छ ।

त्यस्तै घटना पुनः दाश्रो पटक पनि उही ब्याक्ति माथि दोहोरिएपछि सहकारीको संचालकले बदमासी गरेको रहस्य बाहिरिएको हो । २०७५ सालमा २ लाख ५० हजार रुपैयाँ ऋण चाहिएपछि दुखनीदेवीले आफ्नो २ कठा १० धुर जमीन राखेर ऋण लिनुभएको थियो । तर दुखानी देवीको नामा दुइवटा चेक बनाएर औठा छाप सहकारीले गरायो ।

सहकारीले खडा गरेको व्यक्तिमा दुईवटा छाप लगाएर थप ७ लाख ५० हजार निकासा प्रक्रिया मिलाइयो । दुई लाख ५० हजार ऋण दुखनीको परिवारले लिएपनि बाँकि रहेको रकम कर्मचारीको मिलेमतोमा मधुवनका इन्द्रनारायण मण्डलले आफ्नो नाममा चेक जारी गराएर रकम लिएका थिए । मण्डल सहकारीका सञ्चालक बैजनाथ साहका खास मान्छे थिए । दुखनीको जग्गा धितोमा इन्द्र नारायणले पैसा लिएर फरार भएको कुरा दुखानीका छोराहरुले थाहा पाएपछि राज श्री सहकारीलाई ऋणको रकम र ब्याज तिर्न छाडिदिए ।

केही वर्षपछि पटक पटक राजश्री सहकारीले घर लिलामी गर्ने भन्दै पत्र काट्न थालेपछि जग्गा राखेर राजश्रीले पैसा लगानी गरेका इन्द्रनारायणलाई खोज्न थाले । मण्डलले २०८० साल असार १८ गते १० लाख ऋणको २३ लाख ५२ हजार ८ सय ९८ रुपैयाँ भुक्तानी गराए । तर जग्गावालाको जग्गा भने राजश्री सहकारीले फुकुवा गरेन । राजश्रीले पुनः अर्को ऋणको साजिस रच्यो । जसले पुन दुखनीको जग्गामा ऋण जारी गरेर चलाउन सकियोस भन्ने मनसाय बनायो ।

जसले दुखानीको जग्गामा ऋण गरी पुनः ऋण लिएर चलाउन, मण्डल राजश्रीको अन्य शाखामा काम गरेर ५ वर्षपछि गाउँ फर्केपछि पिडित परिवारले उनलाई भेटे । मण्डलका कारण जग्गा लिलामीमा गएको भन्ने पिडित परिवारको दावी अनुसार उनले दश लाख रुपैयाँ साँवा र ब्याज गरेर भुक्तानी गरेका थिए । तर सहकारीले रकम तिर्नेको नाममा भौचर नबनाई मण्डलकै नाममा भौचर बनाएका थिए ।

भुक्तानी गर्ने ब्यक्तिको नाममा राजश्री, भुक्तानी गर्ने व्यक्ति विष्णुकुमार शर्मा र ऋण भुक्तान गरिएकोमा दुखनी खातुन भन्ने ब्यवहोरा उल्लेख गरियो । तर उक्त पैसा फस्च्यौट गरिएको भौचर भने ऋणीलाई दिइएन । ऋण भुक्तान भइसकेपछि मख्ख परेका दुखानीका जेठा छोरा मेजाइल मियाँलाई २०८० साल असार १८ गते पुन सहकारीबाट फोन गयो मण्डलले दशलाख मात्रै भुक्तानी गरेको बाँकि १३ लाख नबुझाए जग्गा लिलामी हुने भनेपछि परिवारले पुनः सहकारीको टचर भोग्न सुरु भयो । बारम्बारको टर्चर भोग्नुपरेपछि मोजाइलले ३ लाख ७५ हजार सहकारीलाई बुझाए ।

सहकारीले उक्त रकम मोजाइलको खातामा धरौटीको रुपमा बचत गरेको देखिन्छ । बाँकी रहेको १० लाख पुरानो ऋणलाई नयाँ भन्न थाल्यो राजश्री सहकारीले । दुखनीसहित मोजाइल सहकारीमा पुगे र फेरी नयाँ कागजातमा औठा हान्न लगाए । नयाँ ऋण जारी गरेकै दिन दुखनीको नामबाट ९ लाख ४४ हजार रुपैयाँ विष्णुकुमार शर्माको नाममा सहकारीले पठाएर फेरी बद्मासि गर्यो । असार २७ गते पुन ३ लाख ७५ हजार रुपैयाँ मोजाइलको खातामा असार १८ गते धरौटी जम्मा गरिएको रकम समेत शर्मालाई पठाएको देखिन्छ । यी दुवै प्रक्रियामा सहकारीले पैसा पठाउनेलाई हस्ताक्षर गराएको छैन । कसैको नाममा भएको रकम अर्कैको नाममा सहकारीले पठाएको प्रमाणहरुले सावित गरेको छ । आफ्नो परिवारलाई झुक्याएर पैसा झिक्ने ब्यक्ति पक्राउ गरी ऋण कबोल गराउँदा समेत ऋण नसकिएको चिन्तामा रहेको परिवार इन्द्रनारायण मण्डल भएको ठाउँमा पुगेपछि मण्डलले सबै ऋण चुक्ता गरेर भौचर लिएको जानकारी दिएपछि पिडित परिवार छक्क परे ।

२०७५ सालमा दुखनीलाई चाहिको २ लाख ५० जार ऋण, १० लाख जारी गरेर मण्डलले ७ लाख ५० हजार रुपैयाँ चलाएको कुरा, ५ वर्षपछि मण्डलले २३ लाख ५२ हजार ८८९ रुपैयाँ बुझाएको १८ दिनपछि ३ लाख जारी गराएको देखाएर बिष्णुकुमार शर्माको नाममा टन्सफर गरिदिने काम राजश्री
ले गरेको देखिन्छ ।

जसरी २०७५ सालमा इन्द नारायण मण्डल सहकारीले खडा गरेका ब्याक्ति थिए । त्यसरी नै अहिले बिष्णुकुमार समेत सहकारीले खडा गरेका ब्यक्ति हुन् । सहरकारीले धितोमा राखेको जग्गा लिलामी नगरेर धितोमा रोकेको जग्गा ऋण बुझाएपछि फुकुवा गर्नुको सट्टा सहकारीले नै राखेर मिटरब्याज सिस्टममा ब्याज सर्वसाधारणबाट असुल्ने गरेरको यो घटनाले प्रमाणीत गरेको छ ।

२०८० असार १ गते नै सबै ऋण बुझाइसेको कारोबार बिवरण भौचर सहकारीले अपडेट गरिसकेपछि पुन १८ गते ३ लाख ७५ हजार धरौटी जम्मा र २६ गते पुन पुरानो ऋणलाई नयाँ बनाउने भन्दै दश लाख जारी गर्ने काम कसरी भयो भन्ने कुराले नै सहकारीले बदमासी गरेको सावित गरेको छ । यसरी जम्मा गरिएको रकम र निकासा गरीएको रकम अर्को ब्याक्तिको खातामा पठाउँदा खातावालाको हस्ताक्षर नगराएको सहकारीले आफ्नो गल्ती स्वीकार गरेको छ । पिडितले जिल्ला प्रहरीकार्यालय मोरङमा आवश्यक अनुसन्धान गरेर सहकारीका संचालक तथा मेनेजर बिरुद्ध उजुरी समेत दर्ता गराएको भएपनि सुनुवाई हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय