लायन्स क्लब अफ निजगढ र लायन्स क्लब निजगढ पिसको आयोजनामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा १ हजार ५ सय ६० जना आँखाका बिरामीले सेवा लिएका छन् । निजगढ नगरपालिका ९ को शहिद चोकस्थित लक्ष्मी नारायण धर्मशालामा सञ्चालन भएको शिविरमा सेवा लिएका १ हजार ५ सय ६० आँखाका बिरामीमध्ये २ सय १६ जनामा मोतियाबिन्दु भएको भेटिएको छ ।

मोतियाबिन्दुको बिरामीलाई नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर काठमाडौंका वरिष्ठ आँखा सर्जन डा. कमल खड्काको टोलिले शल्यक्रिया गरेका थिए ।

आँखा सबैभन्दा संवेदनशील अङ्ग भएकाले बढी ध्यान दिन आग्रह गर्दै आँखाका बिरामीलाई सहज र पायकपर्ने स्थानमा सेवा प्रदान गर्न अस्पतालले वर्षमा १०० भन्दा बढी स्थानमा शिविर सञ्चालन गर्दै आएको वरिष्ठ आँखा सर्जन डा. खड्काले जानकारी दिए । उनले शिविरमा १५६० जनाको सामान्य आँखा जाँच गरिएको र २१६ जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको बताए ।

आर्थिक विपन्नता, परिवारमा महिला स्वास्थ्य प्राथमिकतामा नपर्नु, यातायातको असुविधा, उपचार खर्चको अभाव, निर्णय प्रक्रियामा सहभागिताको कमी हुनुले महिलाहरु सजिलै उपचारमा पुग्न नसक्नुका कारण आँखाका बिरामि बढेको र यस्ता शिविरले आर्थिक विपन्नता, परिवारमा उपचार गर्न मदत मिल्ले निजगढ नगरपालिकाकी उपमेयर लिला देवि लामिछाने खनालले बताईन ।

शिवरिमा चौथो दिन ४४ जना, तिश्रो दिन ६७ जना, दोश्रो दिन ५४ र पहिलो दिने ५१ जनाले गरी २ सय १६ जनाले शल्यक्रिया गराएका हुन ।

आर्थिक स्थिति कमजोर भएका र जिल्ला बाहिर गएर उपचार गर्न नसक्ने अवस्थाका व्यक्तिलाई लक्षित गरी शिविर सञ्चालन गरिएको र औषधि तथा चस्मा समेत निःशुल्क वितरण गरेको लायन्स क्लब आफ निजगढ पिसका प्रेसिडेट रञ्जन लामिछानेले बताए ।

बेलैमा आँखाको परीक्षण गराउन नपाएका ग्रामीण भेगका सर्वसाधारण शिविरबाट लाभान्वित भएका छन भने घरगाउँमै विज्ञ चिकित्सकबाट आँखाको निःशुल्क उपचार गराउन पाउँदा बिरामीमा खुशी छाएको लायन्स क्लब आफ निजगढका प्रेसिडेट दिपेन्द्र श्रेष्ठले बताए ।

नेपालमा प्रतिवर्ष कुल जनसंख्याको ३० प्रतिशत मानिसलाई आँखा जाँच गर्नुपर्ने समस्या छ । सन् २०१४ मा गरिएको एक सर्वेक्षणका अनुसार ०.०६ प्रतिशत बालबालिकामा अन्धोपन रहेको छ ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौं र निजगढ नगरपालिकाको सौजन्य तथा लायन्स क्लब अफ काठमाण्डौं सम्वृद्धि, लायन्स क्लब अफ भक्तपुर स्वीट होम र मेचीमहाकाली बुहारी संयुक्त आवाज निजगढको सहयोग रहको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय