
काठमाडौं । नेपालको उड्डयन इतिहासमा आन्तरिकतर्फ सौर्य एयरलाईन्सको ९ एनएमई विमान बुधबार दुर्घटना भयो । पोखराका लागि उडेको जहाज अनियन्त्रित हुँदै दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाउन पुगे । विमानका क्याप्टेन मनिष शाक्यको मात्रै जिवितै उद्धार गरियो ।
दुर्घटनाको फेरिस्त



– २००३ साल वैशाख २५ गते नेपालमा पहिलो पटक रोयल फोर्स एयरको विमान दुर्घटना, मानवीय क्षति भने भएन ।
– २०१२ साल भदौ १४ गते कालिंगा एयरको विमान सिमारा विमानस्थलमा दुर्घटना, २ जनाको मृत्यु ।
– २०१३ सालमा इण्डियन एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना, १४ जनाको मृत्यु ।
– २०१५ मा टीकारभैरवमा इण्डियन एयरलाइन्सको विमान दुर्घटना, २० जनाको मृत्यु ।
– २०१७ मा नेपाल एयरलाइन्सको विमान भैरहवामा दुर्घटना, ४ जनाको मृत्यु ।
– २०१९ सालमा नेपाल एयरलाइन्सको विमान ढोरपाटनमा दुर्घटना, १० जनाको मृत्यु ।
– २०२६ सालमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, ३५ जनाको मृत्यु ।
२०२७ साल दिल्लीमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १ जनाको मृत्यु ।
– २०२७ सालमा रोयल लाइटको विमान जोमसोममा दुर्घटना, १ जनाको मृत्यु ।
– २०२९ सालमा रोयल लाइटको विमान धुलिखेलमा दुर्घटना, ३१ जनाको मृत्यु ।
– २०३२ सालमा नेपाल एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना, ५ जनाको मृत्यु ।
– २०३३ सालमा मेघौलीमा विमान दुर्घटना, ६ जनाको मृत्यु ।
– २०३६ साल लाङ्टाङ्गमा विमान दुर्घटना, ६ जनाको मृत्यु ।
– २०३८ सालमा नेपाल एयरलाइन्सको विमान विराटनगरमा दुर्घटना, १० जनाको मृत्यु ।
– २०४१ सालमा नेपाल एयरलाइन्सको विमान भोजपुरमा दुर्घटना, १५ जनाको मृत्यु ।
– २०४९ सालमा थाई एयरको विमान रसुवामा दुर्घटना, ११३ जनाको मृत्यु ।
– २०४९ सालमा पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भट्टेडाँडामा दुर्घटना, १३७ जनाको मृत्यु ।
– २०४९ सालमा एभरेष्ट एयरको विमान दुर्घटना, १८ जनाको मृत्यु ।
– २०५४ सालमा कर्णाली एयरको विमान दुर्घटना, १ जनाको मृत्यु ।
– २०५६ सालमा नेकोन एयरको विमान जुम्लामा दुर्घटना, ५ जनाको मृत्यु ।
– २०५६ सालमा मकवानपुरमा स्काइलाइनको विमान दुर्घटना, १० जनाको मृत्यु ।
– २०५७ सालमा नेपाल एयरलाइन्सको विमान डडेल्धुरामा दुर्घटना, २५ जनाको मृत्यु ।
– २०५८ सालमा फिस्टेल एयरको हेलिकप्टर रारा तालमा दुर्घटना, ४ जनाको मृत्यु ।
– २०५९ सालमा स्काइलाइनको विमान सुर्खेतमा दुर्घटना, ४ जनाको मृत्यु ।
– २०५९ साल – सांग्रिला एयरको विमान कास्कीमा दुर्घटना, १८ जनाको मृत्यु
– २०६१ सालमा यती एयरलाइन्सको विमान लमजुङमा दुर्घटना, ३ जनाको मृत्यु ।
– २०६२ सालमा एयर डाइनेस्टिको विमान दुर्घटना, ३ जनाको मृत्यु ।
– २०६३ सालमा यती एयरलाइन्सको विमान जुम्लामा दुर्घटना, ९ जनाको मृत्यु ।
– २०६३ सालमा यती एयरलाइन्सको अर्को विमान लुक्लामा दुर्घटना, १९ जनाको मृत्यु ।
– २०६७ सालमा अग्नि एयरको विमान मकवानपुरमा दुर्घटना, १४ जनाको मृत्यु ।
– २०६८ सालमा तारा एयरको विमान ओखलढुंगामा दुर्घटना, २२ जनाको मृत्यु ।
– २०६८ सालमा बुद्ध एयरको विमान ललितपुरमा दुर्घटना, १९ जनाको मृत्यु ।
– २०६९ सालमा अग्नि एयरको विमान जोमसोममा दुर्घटना, १५ जनाको मृत्यु ।
– २०६९ साल – सीता एयरको विमान काठमाडौंमा दुर्घटना, १९ जनाको मृत्यु
– २०७१ सालमा नेपाल एयरलाइन्सको विमान अर्घाखाँचीमा दुर्घटना, १८ जनाको मृत्यु ।
– २०७२ सालमा अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना, १३ जनाको मृत्यु ।
– २०७३ सालमा तारा एयरको विमान दुर्घटना, २३ जनाको मृत्यु ।
– २०७५ सालमा युएस–बाङ्गला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना, ५१ जनाको मृत्यु ।
– २०७५ सालमा अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना, ६ जनाको मृत्यु ।
– २०७५ सालमा मकालु एयरको विमान सिमकोटमा दुर्घटना, २ जनाको मृत्यु ।
– २०७६ सालमा एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको सिस्नेभीरमा दुर्घटना, ७ जनाको मृत्यु ।
– २०७६ सालमा समिट एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटना, ३ जनाको मृत्यु ।
– २०७९ जेठमा तारा एयरको जहाज मुस्ताङमा दुर्घटना, २२ जनाको मृत्यु ।
– २०७९ माघ १ गते यती एयरको जहाज पोखरामा दुर्घटना, ७२ जनाको मृत्यु ।
– २०८१ साउन ९ गते सौर्य एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना, १८ जनाको मृत्यु ।