पेरिस ओलम्पिक २०२४ को प्रारम्भिक चरणमा नेपाली टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठले सेनेगलका खेलाडीसँग प्रतिस्पर्धा हुने भएको छ ।

खेलतालिका अनुसार टेबल टेनिसको पुरुष एकलमा स्यान्टुले सेनेगलका इब्राहिम डिएवसँग प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल पेरिस एक्स्पो पोर्ट डे भर्सेल्समा शनिबार राति सबा ११ बजे हुनेछ । पुरुष सिंगल्समा कूल ६७ खेलाडीको सहभागिता रहेको छ ।

ओलम्पिकको आफ्नो विधामा स्यान्टु सहभागी ६७ जना खेलाडीमा सबैभन्दा पुछारको वरियतामा रहेका छन् । नेपाली टेबलटेनिसको इतिहासमा ओलम्पिक खेल्ने स्यान्टु पहिलो खेलाडी हुन् । उनले दक्षिण एसियाली छनोट चरण पार गर्दै ओलम्पिकमा स्थान बनाएका हुन् । छनोट चरण पार गरेर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन् ।

यसअघि तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए । संगीनाले सन् २००४ को एथेन्स ओलम्पिक र दीपकले सन् २००८ को बेइजिङ ओलम्पिक खेलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय