नारायणी नदीमा झोलुुङ्गे पुल बनेपछि सुस्ताबासीलाई वर्षे भेलमा डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । भारतीय अतिक्रमणको चपेटामा परेको सुस्ताका स्थानीयले आफ्नै भूमि रक्षाका लागि भारतीयसँग संर्घष गर्नुपर्ने र सामान्य कामका लागि पनि भारतको भर पर्नुपर्ने अवस्था पुल बनेपछि केही राहत भएको छ ।
सुस्ताको वारि र पारी गर्नेका लागी डुङ्गाको सहायता लिनु पर्ने सुस्ताबासी वर्षातको समयमा नेपालीहरु नेपालसँगै जोडिन समेत सक्दैन थिए । सामान्य घरपरिवारमा आवश्यक पर्ने खाध्यान्न तथा लत्ताकपडाका लिनका लागि नेपाली बजारमा आउन नारायणी नदीको जोखिमपूर्ण यात्रा गर्नुपर्ने वा भारतीय बजारसम्म पुग्नु पर्ने थियो । सुस्ताको पुल बनेपछि सुस्ताबासीहरु नेपाली बजार गर्ने भारतीय बजारमा जानु पर्ने वा नारायणीको जोखिम पूर्ण यात्रा गर्नु नपर्ने भएको छ । पुल बनेपछि हरेक काम गर्न नेपालीहरु नेपालसँगै जोडिन पाइएको स्थानीय रविन्द्र जैसवालाले बताउनु भयो ।
आकर्षक पुल बनेसँगै सुस्तामा आन्तरिक पर्यटक समेतआउन थालेका छन् । पुल निर्माणले स्थानीयलाई रोजगारी समेत सृजना गरेको साना होटल संचालन गरेका स्थानीय बृजेश यादवले बताउनु भयो । पुल बनेपछि पारी सुस्ता जानका लागि पैदल मात्रै होइन मोटरसाइकलमा समेत आवतजावत सहज भएको छ ।
राज्यले इतिहासिक भुमि सुस्तालाई पर्यटन क्षेत्रको बिकासमा जोड दिए आर्थिक बिकासमा टेवा पुग्नेमा विश्वास लिन सकिन्छ । ७ सय ५४ मेट्रिक टन भारवान क्षमता रहेको उक्त पुल १ हजार ५ सय ७१ मिटर लामो र १ दशमलव ६ मिटर चौडा रहको झलुङ्गे पुल नेपालको सबै भन्दा लामो र एसियाको दोस्रो लामो पुल रहेको दाबी समेत गरेका छन । सुस्ता गाउपालिका ०५ मा ९नारायणी पारी सुस्ता० मा २ सय ६५ घर धुरीमा करीब ३ हजार २ सय जना बसोबास गरेका छन । त्रिशूली आश्रय जेभी कन्ट्रक्सन कम्पनीले २९ करोड रुपैया लागतमा सो पुल निमार्ण गरेको हो । पुलको औपचारिक उद्घाटन हुन बाँकी छ ।