काठमाडौं । नेपालमा केही वर्षअघिदेखि कलेजो प्रत्यारोपण हुन थालेको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नेपालमै पहिलो पटक २०७३ मंसिर २२ गते देखि निरन्तर कलेजो प्रत्यारोपण भइरहेको छ ।

केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ कलेजो प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा पहिलोपटक कलेजो प्रत्यारोपण सफल भएको थियो । दक्षिण कोरियाको सामसुङ मेडिकल सेन्टरबाट आएका सर्जनको टोलीको सहयोगमा कलेजो प्रत्यारोपण गरिएको थियो ।

डा. श्रेष्ठले नाबाकलदेखि ६८ वर्षीयसम्मको व्यक्तिमा सफलतापूर्वक कलेजो प्रत्यारोपण भएको जानकारी उहाँ बताउनु हुन्छ । कलेजो र मिर्गौला प्रत्यारोपणका लागि वार्षिक पाँच अर्ब रुपियाँ बाहिर गएको अनुमान छ ।

गत आर्थिक वर्षमा १५ जनाको सफल कलेजो प्रत्यारोपण भएको थियो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको लागि कुल खर्च २० लाखसम्म लाग्ने शिक्षण अस्पतालमा बढीमा ३५ लाखसम्म खर्च हुन्छ भने विदेशमा एकदेखि डेढ करोडसम्म खर्च हुने डा. श्रेष्ठ बताउनु हुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय