धनगढी । धनगढीको नोभा अस्पतालको लापरवाहीले कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसिब चौधरीको मृत्युु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । तोडफोडबाट अस्पतालको अगाडीको भागका सिसा फुटेको छ ।

तोडफोडका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि दुई जना घाईते भएका छन् । घाईते हुनेमा बेलौरी २ कञ्चनपुरका अभिक बुढा र लक्ष्मण बुढा रहेका छन् । घाईतेको उपचार सारथी अस्पतामा भइरहेको छ ।

जण्डिसको समस्या लिएर साउन सात गते नोभा अस्पतालमा भर्ना भएका चौधरीको मृत्युु भएको थियो । अस्पतालले उपचारमा लापरवाही गरेकोले मृत्युभएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । तर, अस्पतालले लापारबाहीले विरामीको मुत्यु भएको भन्ने कुरामा सत्यता नभएको बताएको छ ।

चौधरीका आफन्तले उचित क्षतिपूर्ति र उपचारमा संलग्न डाक्टरलाई कारवाही हुनुपर्ने माग गरेका छन् । मृतकका आफन्तसँग अस्पतालले वार्ता गर्न खोजेपनि सम्बन्धित व्यक्ति आउन नखोजेपछि वार्ता बहिष्कार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय