
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ०८४ को निर्वाचनमा माओवादीले एक्लै लडेर जित्ने दावी गर्नुभएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ अघि बढेको बताउनु भयो ।
उहाँले १८ महिना सरकारको नेतृत्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको दाबी गर्नुभयो । आफू सुशासनका पक्षमा विजय भएर निस्किएकोले प्रचण्डले यही कुरा लिएर जनता माझ जाने बताउनुभयो ।



पार्टी प्रवेश गर्दै युवा नेता जगदीश दाहालले प्रचण्ड सरकार इतिहासकै सबैभन्दा सफल सरकार भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दल परित्याग गरी मकवानपुरका ६० जनाभन्दा बढी नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।