मुगु- मुगुको ताल्चा विमानस्थलमा रहेको टर्मिनल टावर २१ वर्ष देखि काठको टहरामै सिमित भएको छ । २०६० साल देखि कच्ची धावनमार्गबाट काठको टहराबाटै जहाजको उडान तथा अवतरण सुरु गरिएको भएपनि अझै सुविधायुक्त टर्मिन टावर बन्न सकेको छैन । २०६० साल बैशाख ३ गते देखि पहिलो पटक रारा विमानस्थल ताल्चमा परिक्षण उडान गरियो । विमानस्थलमा सहजरुपमा जहाजले अवतरण गरेपछि सबै जनाले स्वागत गरे र त्यस यता हवाईजहाज चल्न थाल्यो । हवाई जहाजले उडान भर्न लागेको २१ वर्ष वितिसक्यो । तर, ब्यबस्थित टर्मिनल भवन र यात्रु कक्ष नहँदा यात्रुलाई सुरक्षा चुनौति तथा यात्रमा सकस हुने गरेको छ ।

विमानस्थल खुल्ला रहेको र छाडा पशुचौपाया, मान्छेको आवजावत समेत खुल्लारुपमा हुनेगरेकोे छ । काठको ठहरोबाट सेवा प्रवाह भईरहेको छ । सुविधायुक्त टावर र टर्मिनल भवन बनाउने योजना निकै अघिदेखिकै भएपनि अझै बन्न सकिरहेको छैन । पूर्वाधार निर्माणमा ढिलाइ हुँदा यात्रुहरू सास्ती भोग्न बाध्य छन । विमानस्थलमा टर्मिनल भवनसमेत नबन्दा कर्मचारीले समेत जोखिम मोलेर काम गर्नुपरेको छ । २०७२ सालमा ५ सय ७० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरे पनि मुख्य र संवेदनशील टावर टर्मिनल भवन नबन्दा समस्या उस्तै छ । टर्मिनल टावर निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७५–०६७ सालमा ९ करोड रुपैयाँ विनियोजन गरी ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सनसित २ वर्ष भित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर साढे चार वर्ष बित्दासमेत काम भएको छैन । पटक पटक म्याद थप हुने कार्य नहुनाले समस्या भएको देखिन्छ । अहिलेपनि आगामी असोजसम्म म्याद थप भएको छ । आयोजना स्थलमा जथाभावि सामाग्री छरप्रस्ट रहेका छन् । ठेकेदार नियमित नबस्नु, निर्माणको काम अर्कालाई जिम्मा दिनु र प्राधिकरणले कामको नियमित अनुगमन नगर्नुले काममा ढिलाई भएको पाईन्छ । दुई वर्षभित्र निर्माण पूरा गर्ने गरी ओमबुद्ध कन्स्ट्रक्सन प्रालिलाई भवन निर्माण जिम्मा दिइएको भएपनि निर्माण कार्य थालेको चार वर्ष भईसकेको छ । तर भवन अधुरै छ ।

यता निर्माण कम्पनीका ईञ्जिनियरले हिमपात, वर्षा, कोरोना महामारी जस्ता कारणले टावर, टर्मिनल भनवन निर्माणमा ढिलाई भएको दावी गर्छन् । विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा पनि सुरक्षाको कुनै प्रवन्ध छैन । विमानस्थलको चारैतिर मान्छे, कुकुर, गाई, स्याल हिड्ने गरेका छन् । भरपर्दो घेरवारसम्म छैन तत्काल सम्बन्धीत निकायले सुरक्षा चुनौतिलाई गम्भीर भएर नसोचिदिंदा जुनसुकै बेला दुर्घटना निम्तन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय