कर्णाली । कर्णालीका सात स्थानीय तहका १७ वटा वडामा अल्लो फाईबर प्रशोधन तथा कपडा उत्पादन परियोजना सुरु भएको छ । अमेरिकी सहयोग निकाय यूएसएआईडी जैविक विविधता (जल जंगल) परियोजनाको आर्थिक सहयोगमा देउती होजीयारी उद्योग एण्ड ट्रेडिङ्ग सेन्टर प्रालि ले उक्त कार्यक्रम संचालन गरेको हो ।

विगत एक दशक देखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कपडा जन्य सामाग्रीको उत्पादन गर्दै आईरहेको होजियारीले स्थानीय स्तरमा उत्पादित कच्चापदार्थको प्रयोग गरिी स्थानीय स्तरमै रोजगारीको सिर्जना गर्दै आईरहेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, जाजरकोटको जुनिचाँदे गाउँपालिकासहित दैलेखको गुँरास, नौमुले, महावु, भगवतीमाई गाउँपालिका र नारायण नगरपालिकाको केन्द्रमा सरोकारवाला निकायसँग छलफल तथा समन्वयात्मक कार्यक्रम राखिएको थियो । जसमा सम्बन्धि वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्य, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, उद्यम विकास सहजकर्ता, रोजगार संयोजक, वन उपभोक्त समितिका सदस्यको उपस्थिति रहेको थियो ।

कर्णालीमा प्रशस्त मात्रमा उत्पादन भएर पनि सदुपयोग नभएको अल्लो उत्पादन र त्यसको प्रयोगबाट विभिन्न कपडा जन्य सामाग्रीको उत्पादन गरी दीर्घकालिन रुपमा स्थानीयलाई रोजगार दिनु, अल्लो उत्पादन वातावरण मैत्री गराउनु नै परियोजनाको मुख्य उद्देश्य रहेको प्रालिका अध्यक्ष सुजाता पाण्डेयले बताउनु भयो ।

कार्यक्रममा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले स्थानीय तहको उत्पादनलाई प्रयोग गरी पालिकालाई सबल गराउन आफू तत्पर रहेको बताउनु भयो ।

त्यस्तै लघु औद्योगिक ग्राम सुर्खेतका अध्यक्ष उदिराम डाँगीले कर्णालीलाई आत्मनिर्भर गराउनलाई अझै यस्ता थप परियोजनाको आवश्यक रहेको बताउनु भयो ।

यसैगरी नौमुले गाउँपालिका अध्यक्ष छबिराम सुवेदीले उद्यमशीलताको विकासले नै पालिका समृद्धिको जग बसाल्ने भएकाले यस परियोजनाप्रति पालिका सकारात्मक रहेको बताउनु भयो ।

कार्यक्रममा भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले स्थानीय स्तरमा उत्पादन हुने अल्लोको समुचित प्रयोग गरी जलवायु मैत्री वातावरण गराउन सबै मिलेर अघि बढ्नु पर्ने बताउनु भयो ।

महावु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले स्थानीय सरकार र यस्तै परियोजना मिलेर उद्यमशीलताको विकास गर्ने सके आर्थिक समृद्धि बढ्ने दाबी गर्नुभयो ।

नारायण नगरपालिकाका कार्यबाहक अध्यक्ष गोपाल कुमार बिसीले स्थानीय कच्चापदार्थको प्रयोग गरी स्थानीय स्तमै रोजगारी सिर्जना गर्ने यस्तो परियोजनालाई सहयोग गर्न पालिका तयार रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय