गोरखा । उत्तरी गोरखाको धार्चेमा आइतबार बिहान गएको पहिरोमा परी बेपत्ता भएका ५ जना मध्ये ३ जनाको शव फेला परेको छ । वेपत्ताहरुको शव विभिन्न स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयाे।

उनका अनुसार आईतबार दिउसो गण्डकी गाउँपालिका–८ को बर्खेघाटमा वेवारिसे अवस्थामा फेला परेको महिलाको शव समेत सोही घटनाको भएको आज पुष्टी भएको हो ।

बेपत्ता भएका मध्ये ३५ बर्षिया कान्छी मायाँ गुरुङ शव गण्डकी गाउँपालिका–८ को बर्खेघाटको त्रिशुली नदी किनारमा फेला परेको थियो । कान्छी मायाँको शव आज बिहान उनका दाजुले पहिचान गरेका थिए ।

त्यस्तैगरी, आज दिउसो १२ः४५ बजे बेपत्ता भएका मध्येका ७० बर्षका सुलाल कान्छा गुरुङको वश घर नजिकै २० मिटर तल फेला पुरिएको अवस्थमा फेला परेको थियो भने दिउसो २ बजे ३७ बर्षका जितबहादुर गुरुङ र रमेश गुरूङकाे शव घर भन्दा २५ मिटर तल फेला परेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयाे ।

बेपत्ता भएका मध्ये १जनाको खोजी जारी रहेको पनि उहाँले जानकारी दिनुभयाे । सोही पहिरोमा परेर घाईते भएकाहरु दिलिप गुरुङ र खम बहादुर गुरुङको अहिले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय