
कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल स्वर्गको उपमा पाएको नेपालको सबै भन्दा ठुलो ताल रारा । रारा धर्तीमा भएपनि सबैले स्वर्गको टुुक्राका रुपमा वर्णन गर्ने गरेका छन् ।
फिल्ममा स्वर्गको अत्यन्तै बर्णन गरेको पाइन्छ । फिल्ममा स्वर्गको बर्णन गरेजस्तै वास्तविकरुपमा हाम्रै धर्तीमा स्वर्ग भन्दा पनि राम्रो स्थानको अनुभूति गर्न सकिने ठाउँको रारा । त्यही रारा ताल हेर्नको लागि आन्तरिक तथा बाह्य पर्यटक रारा पुग्ने गर्दछन् । आर्थिक वर्ष २०८०/०८१ मा रारामा १७ हजार पर्यटक पुगेका छन् । पछिल्ला वर्षहरुमा रारा घुम्न आउने आन्तरिक पर्यटक बढेका छन । बाह्य पर्यटक भन्दा रारा आन्तरिक पर्यटकको चाप बढ्दो क्रममा छ । रारा एकपटक पुग्नै पर्छ भन्ने मान्यताका साथ आन्तिरक तथा बाह्य पर्यटक रारा पुुग्ने गरेका छन् । । आर्थिक वर्ष २०८०/०८१ को साउन देखि असार अन्तिम एक वर्षमा रारामा १७ हजार २ सय ९७ जना आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेका छन् । आन्तरिक पर्यटक महिला पुरुष गरी १७ हजार, बिदेशी नागरिक २ सय ९७ जना रारा पुगेका छन् ।



अघिल्लो आ.व २०७९–०८० ११ हजार यो वर्ष ५ हजारले बृद्धि यो वर्ष जम्मा राजश्व ४५ लाख ९८ हजार ८ सय ७१ संकलन रारा घुुम्ने समय फागुुन देखि असार अन्तिमसम्म र अशोज देखि मंसिर महिनासम्म उपयुक्त मौसम मानिन्छ । पछिल्लो आर्थिक वर्ष २०८०–०८१ को साउन देखि असार अन्तिमसम्म रारामा १७ हजार पर्यटक पुगेका छन् । यसले रारा आउने पर्यटकहरुको लागि सकरात्मक सन्देश दिएपनि रारामा छाडा पशुचौपायाका कारण फोहर हुन गएको र फुलहरु मासिनुका साथै रारा तालमा दुर्गन्धित हुन पुगेको छ । हिमाली राष्ट्रिय निकुञ्जको नियमले छाडा पशुचौपायालाई नियन्त्रण लिन समस्या भएको देखिन्छ । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको सौन्दर्य हेरेर दंग नहुने सायदै कोही नहोला । सफा, कञ्चन निलो बैजनी, सिम्रिक अनि कहिले खैरो । मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा सिन्जे र कान्जिरोवा हिमालको छायाँ मिसिएपछिको दृश्य बर्णन गर्न लाएकको हुन्छ । अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा जस्तो देखिन्छ । रारा पुुग्ने पर्यटक भन्न बाध्य हुुन्छन ।
अत्याधिक पर्यटकीय सम्भावाना बोकेको कर्णाली अध्यारो मुनिको उज्यालो हो । त्यसैले ब्यबस्थित सडक निमार्णमा ध्यानदिनु पर्ने रारा पुगेका पर्यटक बताउँछन् । कर्णाली राजमार्ग ब्यबस्थित नहुँदा ताल्च विमानस्थलमा पनि नियमित हवाई उडान नहुँदा रारा पुुग्ने पर्यटक एक पटक आईसकेपछि पुुनः आउन आनाकानी गर्ने गरेका र नाग्मदेखि गमगढीसम्ममा सडक खण्ड स्तररोन्नति नहुँदा पर्यटकले सास्ती भोग्नु परेको छ ।