
काठमाडौं । त्रिशूली नदीमा गत आठ वर्ष यता पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित ५५ यात्रु अझै हराएका छन् । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेको तथ्यांक रहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले आ.ब. २०७३–०७४ मा ५ वटा, २०७४–०७५ मा ४ वटा, २०७५÷०७६ मा ४ वटा सवारीसाधन हराएको जनाएको छ । यस्तै, आ.ब. २०७६–०७७, २०७७–०७८ र २०७९–०८० मा १–१ र २०८०–०८१ मा पाँच वटा सवारीसाधन त्रिशूली नदीमा खसेको छ ।
त्रिशूलीमा खसेका सवारी साधानमा सवार आर्थिक वर्ष २०७३–०७४ मा १४ जना, २०७८–०७९ मा ४ जना र २०८०–०८१ मा ३७ जना हराएका छन् । पछिल्लो पटक हराएका ती ३७ जना र दुई वटा यात्रुबहाक बसको नेपाल र भारतीय गोताखोरबाट अहिले पनि खोजी भइरहेको छ ।



यो अवधिमा ६६ वटा सवारी साधन दुर्घटना भएका छन् । आर्थिक २०७३–०७४ देखि २०८०–८१ सम्ममा ४० ट्रक, १२ वटा कार, ९ वटा बस, ३ वटा मोटरसाइकल र २ वटा अन्य सवारीसाधन दुर्घटनामा भएको छ ।