
पूर्व–पश्चिम राजमार्ग अबरुद्ध भएको छ । गएराति चूरे क्षेत्रमा भएको अविर वर्षाले बेलगाछी पुल क्षतिग्रत भएपछि राजमार्ग अबरुद्ध हुन पुगेको हो ।
बर्दिबास नगरपालिका–५ बेलगाछीस्थित बेलगाछी पुलको पूर्वपट्टी माटो पानीले कटान गरेपछि पुल क्षतिग्रत हुन पुगेको थियो । साथै उक्त भेल बस्ति पनि छिरेको छ । भेल बस्तिभित्र छिरेपछि बस्न र हिडडुल गर्न कठिनाई भएको छ । अहिले डायवर्सन बनाउन थालिएको छ ।


