भारतको दक्षिणी राज्य केरलामा मंगलबार भारी वर्षापछिको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १५१ पुगेको छ । घटनामा ७० जना घाइते छन् भने २०२ जना बेपत्ता भएका छन् ।

केरलाको वायनाड जिल्लाको मेपाडी क्षेत्रमा बिहान २ बजेतिर पहिरो खसेको थियो । भारी वर्षाको बीचमा पनि उद्धार कार्य जारी छ । प्रभावित क्षेत्रलाई नजिकैको शहर चोरलमालासँग जोड्ने वायनाड जिल्लाको एउटा पुल बगेको छ । भारतीय सेनाले प्रभावित क्षेत्रमा मेडिकल टोलीसहित २२५ कर्मचारी तैनाथ गरेको छ । उद्धारका लागि भारतीय वायुसेनाका दुई हेलिकप्टर परिचालन गरिएको छ ।

प्रधानमन्त्री कार्यालयले प्रत्येक मृतकका परिवारलाई २ लाख भारतीय रुपैयाँ र घाइते प्रत्येकलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय