काठमाडौं । काठमाडौं उपत्यका यतिबेला डुबानले जलमग्न छ । मंगलवार रातिको अविरल वर्षाले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका नदी किनारका बस्ती, सडक संरचना लेदो पानीले भरिएको देख्न सकिन्छ ।
काठमाडौंको बल्खु, भक्तपुरको हनुमन्ते खोली आसपासका क्षेत्रहरुमा बाढी पसेको छ । जसले उपत्यकाका आम नागरिको जनजीवन प्रभावित भएको छ । नदी किनार छेउमा व्यापार व्यवसाय गर्दै आएकाहरु पानी र लेदो बालुवा पन्छाउँदै गरेको देख्न सकिन्छ । नदी छेउका सडकहरुमा पनि राम्रोसँग यातायात सञ्चालन हुन सकेका छैनन् । कतिपय विद्यालयहरु बाढीकै कारण बन्द भएका छन् । खोलाको छेउमै बसेका व्यक्तिहरु यसबाट प्रत्यक्ष प्रभावित भएका छन् ।
कतिपय स्थानमा घरभित्रै बाढी पसेको छ । जसकारण आर्थिक क्षति कति भयो भन्ने यकिन छैन ।