
एक करोड १७ लाख रुपैयाँ अपचलन गरी प्रभु बैंकका मेनेजर फरार भएका छन् । झापा बिर्तामोडको प्रभु बैंकमा ग्राहकले राखेको एक करोड १७ लाख रुपैयाँ रकम खाताबाटै गायब बनाए मार्केटिङ म्यानेजर प्रमोद सिटौला फरार भएका छन् ।
बिर्तामोड –५ स्थित मम फ्याक्ट्रिका सञ्चालक टीकाराम नेपालले आफ्नो श्रीमती मन्जु नेपालका नाममा रहेको बैंकको बिर्तामोड शाखाबाट १ करोड १७ लाख रुपैयाँ गायब गरिएको बताएका छन् । मन्जुले मेनेजरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा र इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिनुभएको छ ।



बैंकका प्रबन्धक गणेशबहादुर बरालले यस विषयमा केन्द्रबाटै छानबिन समिति बनाएर अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएका छन् ।