ललितपुर । ललितपुर महानगरले अवैध संरचनाहरू भत्काउन सुरु गरेको छ ।
महानगरीय प्रहरी बलले सातदोबाटोस्थित चक्रपथ छेउको तीनवटा नक्सा पास नभएका टहरा भत्काएको हो । मापदण्डविपरित सडकको जग्गा मिची बनाइएका टहरामा महानगरले डोजर चलाएको हो ।
काठमाडौं महानगरले सुरु गरेको सार्वजनिक सम्पत्तिको संरक्षणमा अहिले अन्य स्थानीय तहले पनि त्यसलाई निरन्तरता दिन थालेका छन् ।