धनगढी । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ कमला शाही टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया महिला हिरा शाहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले घर नजिकै उखुबारीमा घाँस काट्ने बेला शाहलाई बाघले झम्टिएको जनाएका छन् ।

घटनास्थलनजिकै बुधबार पनि बाघ देखा परेको स्थानीयले बताएका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय