काठमाडौं । चन्द्रागिरि नगरपालिकामा प्रत्येक वर्ष मनाईदै आएको राष्ट्रिय सम्वत्, नेपाल सम्वत् ११४५ न्हूँद संचालन गर्ने विषयमा छलफल सुुरु भएको छ । नेपाल भाषा, कला, संस्कृति संरक्षण तथा प्रवर्धन समिति बोसीगाऊको आयोजनामा समितिको यो वर्षको पहिलो तयारी बैठक बसेको हो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष शिव महर्जनले नेपाल भाषा, कला संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विगत ३० वर्ष देखि निरन्तररुपमा यो कार्यक्रम संचालन हुँदै आएको जानकारी दिनुभयो । उहाँले बैठकमा विगतका कार्यक्रमको समीक्षा, सुझाव र आगामी योजनाको विषयमा छलफल भएको बताउनु भयो ।

बैठक समितिका अध्यक्ष धर्मराज राजबाहकको अध्यक्षतामा बोसीगाऊ क्वाँ छेँमा बसेको थियो । बैठकमा येँ पश्चिम लकाका कजिहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय