काठमाडौं । काठमाडौंमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले मानव साङ्लो प्रदर्शन गरेको छ । पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति भएपनि कार्यान्वयन नभएको भन्दै पीडितहरूले रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी पीडितहरूले मानव साङ्लो बनाई मुखमा मास्क र कालो टेप लगाएर बिरोध जनाएका छन् । उनीहरूले सरकारसँग बारम्बार सहमति भएपनि कार्यान्वयन गर्नमा सधै उदासिन रहेकोले सम्झौता कार्यान्वयनका लागि आन्दोलन गर्न परेको बताएका छन् ।

उनीहरूले घरमा पैसा राख्ने ठाउँ नभएर सहकारीमा राखेको हैन, सहकारीको पैसा फिर्ता गर, हामीसँग कर लिने, हाम्रो बचतको सुरक्षा खोइ ? भन्ने लगायतका नारा लगाइ प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय