काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन गत असार २० गते फिर्ता लिएसँगै उहाँ अल्पमतमा परेपछि सोडारीले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्।

सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । तर, केन्द्रमा कांग्रेससँग सत्ता गठबन्धन बनेपछि एमालेले सरकार छोडेको थियो ।

दुई दलको सहमति अनुसार सुदूरपश्चिमको नेतृत्व अब कांग्रेसले गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय