ठुला ठुला ढुंगा भएको ढाँड पनि पर्यटकीय गन्तव्य बन्न सक्छ भन्ने उदाहरण पाँचथर फिदिम नगरपालिका–१३ जेभालेमा दिइएको छ । हुक्मा डाँडाको काखमा रहेका ठुला ठुला ढुंगामा देउता तथा राष्ट्रिय विभुक्तिको मुर्ति खोपिएर आर्कषक मात्र बनाइएको छैन्, यहि क्षेत्रमा रमाउन जानेको संख्या पनि बढ्दै गएको छ । ढुंगामा गरिएको कलाकारिताले जेभालेको सौन्दर्यतालाई थप सुन्दर बनेको छ ।
जेभालको पञ्चमी भञ्ज्याङबाट उक्लिदा बनाइएको आर्कषक खेलमैदानबाट सुम्निमा पारुहाङको चित्र कुदिएको देख्न पाईन्छ । साथैमा चिण्डो र किराँतको झण्डा राखिएको छ । ढुंगा छापेको पदमार्ग हुँदै थप उकालो लाग्दा शिवको चित्र खोपिएको देख्न पाईन्छ । त्योभन्दा माथि गौतम बुद्धको चित्र र झण्डा देख्न पाईन्छ । त्योसँगै राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको मुर्ति खोपिएको छ । यो क्षेत्रकालाई चट्टान बाटिकको नामाकरण गरिएको छ । केहि समय अघि जंगलले भरिएका यो ठाँउमालाई हेरिरहुँ लाग्ने बनाउने काममा सरकारको लगानी छैन् । समाजिक सञ्जाल फेसबुकबाट सहयोग संलकन गरेर यो बाटिका बनाइएको हो । समाजिक सञ्जालको नकारात्मक कुरा मात्र चर्चामा आईरहदा यो सकारात्मक सन्देश पनि हो । हालसम्म साढे १० लाख रकम स्वच्छिक रुपमा संकलन भएको छ । ढाँडमा खोपिएका चित्र हेरिरहुँ लाग्ने बनाइएका छन् । अझै यो बाटिकामा थप संरचना बनाउने तयारी रहेको छ । स्थानीय कलाकारले ढुंगामा मुर्ति खोपेका हुन् । करिब दुई महिना लगाएर यहाँ मुर्ति बनाइएको हो ।
यो ठाउँ प्राकृतिक रुपमा सुन्दर छ । यहाँका ग्रामिण बस्ती आर्कषक छन् । यहाँ केही वर्षदेखि नै पर्यटन विकासका काम भईरहेका छन् । ३३ लाख रुपैँया खर्चिएर महादेव गुप्तेश्वरको संरचना बनाइएको थियो । अमेरिका निवासी नारद रिमालले व्याक्तिगत लगानीमा यो संरचना बनाउनु भएको थियो । जेभाले पदमार्ग, हुक्मा डाँडालाई दृष्यावलोकन, वनभोज स्थल बनाइएको छ । व्यवस्थित खेलमैदान, सार्वजनिक शौचालयसहित अन्य पर्यटकीय पूर्वाधार बनाइएको छ । यसले गर्दा जेभाले पुग्नेको संख्या बढ्दै गएको छ ।
समुद्र सतहदेखि २१ मिटरको उचाईमा रहेको यो गाउँ विस्तारै पर्यटकीय गन्तव्य बन्दै गएको छ । आसपासमा छिन्तापु, बुढिथाम, ठुलिटार लगायतका गन्तव्य पनि छन् । यहाँको स्थानीय संस्कृतिमा पनि रमाउन सकिन्छ । पाँचथर सदरमुकाम फिदिमबाट २४ किलोमीटरमा यहाँ पुगिन्छ । थोरै सडकमात्र कच्चि छ बाँकि कालोपत्रे सडक रहेको छ । जेभाले गाउँलाई गुल्जार बनाउनका लागि गरिएको प्रयास अनुकरणिय छ । गाउँलेहरु मिलेर गाउँमा विभिन्न विकास र सुविधा थपेका छन् । पहाडको गाउँमा केही हुन सकेन होईन पर्याप्त नभए पनि केही त भईरहेको छ भन्ने उदाहरण जेभालले दिएको देखिन्छ ।