काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । परीक्षामा नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
त्यस्तै ४७ दशमलव ०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन् । नियमिततर्फ ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी उत्तीर्ण भएका छन् । १ लाख ८७ हजार २१ जना विद्यार्थी नन्ग्रेडेड (एनजी) मा परेका छन् ।
यसैगरी ग्रेड बृद्धितर्फ २०७८-०७९ का २८ दशमलव २६ प्रतिशत र २०७६-०७७ का ६२ दशमलव ०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । ३ दशमलव ६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेको छ । गत असारमा प्रकाशित एसइईको नतिजा जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको छ । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी अनुत्तीर्ण भएका छन् । नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसेको थियो ।
गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ४ लाख ९१ हजार ४ ९७ विद्यार्थी सहभागी थिए ।