केन्द्रमा संसद्का दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी ३ महिना ११ दिनमा सरकारबाट बाहिरनु परेको छ । सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । तत्कालीन केन्द्रीय सत्ता समीकरणअनुरूप नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रञ्जिता श्रेष्ठ चौधरी पक्ष र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त सोडारीले ३ महिना १० दिनमा पदबाट राजीनामा दिनुपर्यो । सोडारीको राजीनामासँगै नयाँ सरकारको तयारी पनि शुरु भएको छ ।

झन्डै आधा घण्टा सभालाई सम्बोधन गरेका मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउँ भन्ने प्रस्तावसहित प्रदेश सभामा आएपनि यसो हेर्दा मत पाइन्छ जस्तो नदेखिएपछि मार्गप्रशस्त गरेको बताएका छन् । ५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठन वा कायमका लागि कम्तीमा २७ सांसदको आवश्यकता पर्दछ । त्यसबेला मुख्यमन्त्री सोडारीको पक्षमा २७ सांसद मात्रै थिए । उनको आफ्नो दल एकीकृत समाजवादीका ४ सहित माओवादी केन्द्र र एमाले १०–१०, नाउपाका २ र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए ।

निकै दिन अटेर गरेपछि समर्थन जनाएको एमालेले अन्ततः मुख्यमन्त्री पदबाटै हुत्याइदियो । अहिले मुख्यमन्त्री सोडारीको पक्षमा जम्माजम्मी १४ सांसद मात्रै थिए । माओवादीको १० र एकीकृत समाजवादीको ४ गरी उनको साथमा १४ सांसद थिए । सुरुमा समर्थन जनाएका नाउपाका २ सांसद र स्वतन्त्र सांसद डा. तारा जोशीले समेत नयाँ सत्ता समीकरणलाई समर्थन गर्ने जनाइसकेका छन् । अब नयाँ सरकार निर्माणका लागी सुदूरपश्चिम प्रदेशमा सता गठबन्धन अगाडी बढ्ने छ । सुदुुरपश्चिम प्रदेशमा मुख्यमन्त्री कांग्रेसले पाउने सहमती अनुसार केन्द्रीय नेतृत्वले दिएको निर्देशन अनुसार सरकार बन्ने प्रदेश संसदीय दलका नेता तथा पुर्वमुख्यमन्त्री कमल बहादुर शाहाले जानकारी दिए ।

नेपाली काग्रेंसको भागमा परेको सुदुरपश्चिम प्रदेशमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नेता प्रकाश देउवा, बहादुर सिहं थापा, दिवान सिहं बिष्टलगायत नेताहरु काठमाडौं धाइरहेका छन् । यि चार नेता मध्ये अब कमल बहादुर शाह तथा प्रकाश देउवा मध्ये एकजना मुख्यमन्त्री बन्ने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय