हेटौंडामा दश किलो लागूऔषध चरेशसहित दुई जना पक्राउ परेका छन् । हेटौंडाबाट पथलैया जाँदै गरेको ना.६ ख ५८३९ नम्बरको बसमा प्रहरीले चेकजाँच गर्दा १० किलो २ सय ५० ग्राम लागूऔषध चरेश बरामद गरेको हो । प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मकवानपुर हेटौंडा उपमहानगर पालिका वडा नम्बर १५ चुरिमाई नजिकै पिपल चौतारामा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरीले शंका लागि उनीहरुले बोकेको झोला खानतलासी गर्दा चरेश भेटेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पर्सा सखुवा प्रसौनी गाउ पालिका वडा नं. १ बस्ने वर्ष २६ को हरि गौरब र जिल्ला नवलपरासी पण्डितपुर बनगरिया गाउँ पालिका वडा नं १ बस्ने वर्ष ४३ को अनिल भर चौधरी रहेका छन् ।
थप अनुसन्धानको लागि चौधरी र गौरवलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट १० दिनको म्याद थपिएको प्रहरीले जनाएको छ ।