काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्य राजनीतिक स्थिरता, स्थायित्वका लागि भएको बताउनु भएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री सिंहले अहिलेको सरकार राजनीतिक स्थिरता र स्थायित्व दिनका लागि अघि बढेको बताउनु भयो । उहाँले सामाजिक परिवर्तनका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले विगतमा झैँ अहिले पनि साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।
उपप्रधानमन्त्री सिंहले सबैले साथ र सहयोग गरे आर्थिक विकास र समृद्धि सम्भव रहेको पनि बताउनु भयो ।