रोल्पामा पहिरोमा परी एकै घरका दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ४ सिउरी कामीडाँडाका ६५ वर्षीया वसुना सुनार र उनकी नातिनी चार वर्षीया माया सुनारको मृत्यु भएको हो । देउसिंह कामीको १ तले कच्ची घर पहिरोमा पुरिएको भन्ने खबर पाएसँगै प्रहरी घटनास्थल गएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

देउसिंह कामी र उहाँको पत्नी उक्त दिन घरमा नभएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय