यातायात ब्यवस्था कार्यालय रुपन्देहीमा नयाँ सवारी साधन दर्ता र राजश्व संकलनको काम अहिले ठप्प छ । गत बैशाख महिनादेखि कार्यालयले ईभि.आर.एस (अनलाईन सवारी साधन दर्ता) प्रणाली लागू गरेर नयाँ सवारी साधन दर्ता सुरु गरेको थियो । सफ्टवयरमा समस्या देखिएपछि साउन महिनादेखि नयाँ सवारी दर्ता र राजश्व संकलनको काम बन्द हुन पुगेको छ ।

सवारी साधनको दर्ता र राजश्व संकलनलाई ब्यवस्थित गर्नको लागि भन्दै यातायात ब्यवस्था कार्यालय रुपन्देहीले गत बैशाख २ गतेदेखि ईभि.आर.एस. प्रणाली लागू गर्याे । यो प्राणाली लागू भएपछि सवारी साधनको रकर्ड राख्न सजिलो हुने, छिटो र छरितो सेवा दिने अपेक्षा कार्यालयको थियो । तर यो प्रणाली लागू भएपछि बैशाख महिना देखि नै यातायात ब्यवस्था कार्यालय रुपन्देहीमा सवारी साधन दर्ता र सवारी कर संकलनमा समस्या देखिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि कार्यालयमा नयाँ सवारी दर्ता, नामसारी र कर संकलनको काम समेत प्रभावित हुन पुगेको छ । सूचना नै निकालेर कार्यालयले अहिले काम नै ठप्प पारेको छ ।

यातायात ब्यवस्था कार्यालय रुपन्देहीले नयाँ सवारी दर्ता र कर संकलन गर्न नसक्दा सेवाग्राहीहरु समस्यामा परेका छन् । रुपन्देहीमा सवारी साधन दर्ता नभएपछि कम्पन्नीहरुले अन्य प्रदेशमा गएर सवारी दर्ता गराउन थालेका छन् । आर्थिक वर्ष २०८०–०८१ मा ४२ हजार ७ सय ६७ साना ठुला सवारी साधन दर्ता भएका थिए । रुपन्देही कार्यालयले यो समस्या विभागमा जानकारी गराए पनि अहिलेसम्म समस्याको सामाधान हुन सकेको जनाएको छ ।

सफ्टवयरको समस्याले नयाँ सवारी साधन दर्ता नहुँदा लुम्बिनी प्रदेशको कर संकलनमा समेत कमी आउने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय