काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत हालसम्म चीन पदक तालिकाको शीर्ष स्थानमा छ । आयोजक फ्रान्स दोस्रोमा छ । हालसम्म चीनले १३ स्वर्ण ९ रजत र ९ कास्य पदक जितेको छ ।
सातौं दिन चीनले थप २ स्वर्ण जितेको छ । आयोजक फ्रान्स तेस्रो स्थनबाट पुनः दोस्रो स्थानमा उक्लिएको छ । घरेलु टोलीले ११ स्वर्ण १३ रजत र १३ कास्य जितेको छ । एक स्थान सुधार गर्दै अष्ट्रेलिया तेस्रो स्थानमा उक्लिन सफल भयो । अष्ट्रेलियाले सातौं दिनको समाप्तिसम्म ११ स्वर्ण ६ रजत र ५ कांस्य पदक जितेको छ । दुई स्थान सुधार गर्दै बेलायत चौथो स्थानमा उक्लिएको छ । उसले १० स्वर्ण १० रजत र ९ कास्यसहित कुल २९ पदक जितेको छ । तीन स्थान तल झरेर चौंथो स्थानमा पुगेको अमेरिकाले ९ स्वर्ण १८ रजत र १७ कांस्यसहित कुल ४४ पदक जितेको छ ।
हालसम्म भारतले भने एउटा पनि स्वर्ण र रजत पदक जित्न सकेको छैन । भारतले ३ कास्य पदक जितेको छ । सहभागी २ सय ६ देश मध्ये ३५ देशले कम्तिमा १ स्वर्णपदक जितेका छन् । पेरिस ओलम्पिक २०२४ अन्तर्गत आठौं दिन ३० स्वर्ण पदकका लागी प्रतिस्पर्धा हुने छ ।