काठमाडौं । यस वर्षको मिस नेपालको ताज आश्माकुमारी केसीले जितेकी छिन् । गोदावरीमा भएको ग्राण्ड फिनालेमा २५ जना सुन्दरीलाई पछि पार्दै केसीले मिस नेपाल वल्र्ड २०२४ को उपाधि जितेकी हुन् ।
केसीलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गर्नुभएको थियो । मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पहिरिन भने मिस नेपाल इन्टरनेशलनको उपाधि करुणा रावतले जितिन् ।