काठमाडौं । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो देखाइँदै छ । मच्छिन्द्रनाथको रथलाई ललितपुरको थटीटोलबाट तानेर जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने प्रचलन छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट ब्यक्तिहरुको उपस्थितिमा गुठी संस्थान ललितपुरले भोटो देखाउने छ । रातो मच्छिन्द्रनाथको रथ यात्रा १ हजार ३ सय वर्षअघि सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । भोटोजात्रा हेर्न हजारौं सर्वसाधारण जाउलाखेलमा जम्मा हुने गर्दछन् ।

मणि, माणिक, रत्न आदि बहुमूल्य बस्तुजडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाउने प्रचलन छ । जात्रा सकिएपछि मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखेर जावलाखेलबाट बाजागाजासहित बुङ्मतीको मच्छिन्द्रबहाल पुर्याइन्छ ।

उपत्यककाको सबैभन्दा लामो जात्राका रुपमा लिइन्छ । वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर झण्डै दुई महिनासम्म यो जात्रा सञ्चालन हुने गर्दछ । भोटो जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजानिक बिदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय