कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिनु हुनेभएको छ । नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम कँडेलले विश्वासको मत लिन लाग्नुभएको हो ।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेपाली कम्युनिष्ट पार्टी माओवादी केन्द्रका १३, नेपाल कम्युनिष्ट पार्टी एमालेका १०, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक–एक प्रदेश सभा सदस्य रहेका छन् ।

विश्वासको मतको लागि कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम १५० को उपनियम १ बमोजिम प्रदेशसभा सचिवालयलाई परिपत्र गरिएको मुख्यमन्त्री कँडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय