नेपाली कांग्रेस सुदूपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको छ । केन्द्रमा बनेको गठबन्धन अनुसार शाहले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको हो ।

विहान बसेको कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ । कांग्रेसका १८ र एमालेका ११ सांसद मिल्दा सुदूरपश्चिमा बहुमत मुख्छ ।

यसअघि मुख्यमन्त्रीमा कांग्रेसबाट तीन जनाको दाबी रहे पनि केन्द्रीय नेतृत्वले संसदीय दलका नेता शाहलाई नै दोस्रो पटक मुख्यमन्त्री बनाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय