काठमाडौं । बौद्ध धर्मावलम्बी नेवार समुदायको ‘गुँला’ पर्व शुरु भएको छ । यो पर्व श्रावण शुक्ल प्रतिपदा देखि सुरु भई भाद्र शुक्ल प्रतिपदासम्म यो पर्व मनाइने गरिन्छ ।

नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ र ‘ला’को अर्थ महिना भन्ने बुझिन्छ । एक महिनासम्म विभिन्न बाजागाजासहित बौद्ध, चैत्य, गुम्बा र बिहार परिक्रमा गर्ने चलन छ । विशेषगरी बौद्धमार्गीको पर्व भएपनि अचेल हिन्दु समुदायका श्रद्धालु पनि यो पर्वमा सहभागी हुन थालेका छन् । बौद्ध धार्मिक स्थलसँगै मठमन्दिर पनि परिक्रमा गर्ने चलन बढेर गएको छ ।

यो अवधिभर माछामासु, जाँडरक्सी खान नहुने मान्यता छ । यो वर्ष साउन २१ मा सुरु भएको यो पर्व भदौ १९ गते समापन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय