
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–८ चन्द्रागिरि नगर विकास निर्माण तथा समाज सुधार संस्था मातातीर्थ भुसुङखेलमा खानेपानी मुहानको विषयलाई लिएर विवाद भएको छ ।



संस्थाले खानेपानीको मुहान कब्जा गरी उपभोक्तालाई वितरण नगरी विक्री वितरण गरेको भन्दै आरोप लगाएका छन् । तत्कालिन अवस्थामा पानी मुहानको विषयलाई लिएर मातातीर्थ गाविस र सतुंगल गाविसबीच दुई पक्षीय सम्झौता भई खानेपानी उक्त मुहानबाट बाँडफाँड भई आएको र अहिले संस्थाको नाममा व्यक्तिले मुहान कब्जा गरेर पानी बेच्ने गरेको आरोप लगाएका छन् । स्थानीयले मुहान अतिक्रम गरेर मुहान क्षेत्रबाट खानेपानी अन्यत्र लगेको पाइप पनि आफुहरुले प्रशासनको रोबहरमा निकालेर फालिदिएको बताएका छन् । उनीहरुले अहिले खानेपानीका समिति र संस्थाहरु नगर र वडा भन्दा पनि बलिया भएकोले उनीहरुले अवैधानिक काम गर्दा पनि कारवाही गर्न नसकेको आरोप लगाएका छन् ।
आन्दोलनकर्ताले पानीको मुहानको विषयलाई लिएर संस्थाविरुद्ध पटक पटक नगरपालिका गई मेयर घनश्याम गिरीलाई भेटेको र ज्ञापन पत्र समेत बुझाए बताएका छन् । मेयर गिरीले समस्या समाधान गर्छु भनेर आश्वासन मात्र दिएको भन्दै आक्रोश समेत पोखेका छन् ।
मुहान क्षेत्रका स्थानीय भन्छन् यस्तो समस्या बेला बेलामा आइरहेकाले जतिसक्दो चाडो वडा र नगरपालिकाले मिलाउनु पर्ने बताएका छन् । उनीहरुले पानीकै कारण वडा–वडा बीच झडप हुने वातावरण सिर्जना गर्न नहुने बताउँछन् । उनीहरुले सतुंगल खानेपानी पीडित समूहले सामाजिक संजालमा धम्कीपूर्ण भाषाले राखेको पत्र र उनीहरुले मुहान क्षेत्रमा आएर गरेको त्यस्ता गतिविधिले सामाजिक सद्भावमा खलल पुग्ने बताउँछन् । वडा ८ का जनताले १० र ११ नम्बर वडाका जनप्रतिनिधिहरु प्रतिकार गर्ने हिसाबले आउनु समाजमा राम्रो सन्देश नगएको बताउँछन् ।
मुहान आसपासका जनताले जनप्रतिनिधि भएपछि सम्मेमित भएर अघि बढ्नु पर्नेमा भिडलाई उक्साउनु गलत भएको बताएका छन् । उनीहरुले ५० साल अघिको कुरा अहिले गर्न नमिल्ने पनि बताउँछन् । वडामा पहिले पानीको मुहान प्रयाप्त थियो, अहिले सबै मुहान सुकेर बाँकी रहेको यो मुहानमा पनि पानी कम भएको बताउँछन् । झगडा गरेर, तोडफोड गरेर मात्र समस्याको हल नहुने बताउँछन् । उनीहरुले वडा नम्बर ८ का बासिन्दा सम्मेमित भएकाले दोहोरो भिडन्त हुनबाट जोगिएको बताउँछन् ।