विराटनगर । पूर्व प्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र कांग्रेस गठबन्धनको वर्तमान सरकारलाई विचौलिया र दलालको सेवामा काम गरिरहेको भन्दै राज्यको सम्पत्ती छुट दिने प्रयास स्वीकार्य नभएको बताउनुभएको छ ।

अध्यक्ष दाहालले राज्यको राजश्व कसैलाई छुट दिन नमिल्ने भन्दै संसदमा र लेखा समितिमा पनि यो विषय गम्भीरतासाथ उठेको बताउनुभयो । उहाँले विराटनगर विमानस्थलमा संचारकर्मीसँग सरकारले अर्बौ राज्यको सम्पत्ती छुट दिने दुश्सासहस गरिरहेकाले सरकार र लेखा समितिका सभापतिको बाटो गलत भएकाले त्यसविरुद्ध माओवादी सशक्त रुपमा उभिने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले बहुमतको आडमा जबरजस्ती गर्ने प्रयास भए दुर्भाग्य हुने चेतावनी समेत दिनुभयो । संसदीय परम्परा अनुसार लेखा समितिको सभापति प्रतिपक्षलाई दिनुपर्ने भएकोले माओवादी केन्द्रले सभापति पाउनुपर्ने उहाँको भनाई छ ।

बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमबारे पत्रकारले सोधेको प्रश्नमा दाहालले त्यसबारे डिटेलमा बुझ्न नपाएको भएपनि बहुमत छ, जे गरे पनि हुन्छ भनेर शासकहरुले ठान्नु दुर्भाग्यपूर्ण हुने सन्देश दिएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय