काठमाडौं । डेंगु सङ्क्रमणबाट एकजनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तनँहुका ५० वर्षीय एक पुरूषको मृत्यु भएको जनाएको छ ।
महाशाखाले यो वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिए पनि एक जनाको मृत्यु भएको बताएको छ । मृतक पुरुषलाई अन्य रोग पनि रहेको ईडिसिडिले जनाएको छ ।