गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका– १ बिसौनाका विष्णु विक र हुकुम विकको घरमाथिबाट लेदोसहितको पहिरो आएपछि चार जनाको मृत्युभएको हो । मृत्यु हुनेमा
अन्दाजी ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीय मसुरी विक र साढे दुई वर्षकी रियन्सी विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पहिरोले ३१ वर्षीय विष्णु र उनकी श्रीमती वर्ष २३ की मुना विक घाईते भएको छन् ।