काठमाडौं । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले कोटेश्वरको पेरिसडाँडाबाट ३० वर्षीय राजेन चाम्लिङ राईलाई पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतले राईलाई कैंकिङ कसुर मुद्दामा दोषि ठहर गर्दै पक्राउ गर्न आदेश दिएको थियो । फरार राई पाँचथर तुम्वेवा गाउँपालिका–५ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–४ बालकोट बस्दै आएका थिए ।

राईलाई आवश्यक कारवाहीको लागि प्रहरी बृत नयाँ बानेश्वर पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय