काठमाडौं । जल तथा मौसम विज्ञान महाशाखाले ३४ जिल्ला भारी वर्षासँगै उच्च सतर्कता अपनाउन भनेपछि उच्च राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार र भोलि बुधबार ३४ जिल्लामा रात्रिकालीन बस संचालनमा रोक लगाएको छ ।
रातको समयमा हुनसक्ने दुर्घटना न्यूनिकरणको लागि प्राधिकरणले दुई दिन ३४ जिल्लामा रात्रिकालीन बस नचलाउने निर्णय गरेको हो ।
प्राधिकरणले जिल्लामा विपद्को जोखिममा रहेका बासिन्दालाई तत्काल सुरक्षित आश्रय स्थलमा सार्न भनेको छ । उच्च जोखिममा रहेका जिल्लाहरूमा तीन वटै सुरक्षा निकायहरू तयारी अवस्थामा रहने बताउँदै प्राधिकरणले भारी वर्षाको अवधिभर अत्यन्तै जरुरी अवस्थामा बाहेक यात्रा नगर्न पनि आग्रह गरेको छ ।